जूनको उज्यालोमा

सबै कुरा उस्तै देखेँ
जूनको उज्यालोमा ।
मेरो रातो अनुहार
उनको डरले भरिएको
अली अली लजाएको
मेरी प्रेमिकाको मुहार ।
सबै कुर उस्तै देखेँ
जूनको उज्यालोमा ।
लिजाको ईम्पोर्टेड लीपिस्टिक
फुलमायाको खस्रो ओठ,
कुनै सरश
कुनै कर्कश
कुनै भिजेका लाजले
कुनै गलेका साँझले ,
थुप्रै थुप्रै मन होलान
थुप्रै थुप्रै चेहरा ,
तर उस्तै उस्तै देखेँ
जूनको उज्यालोमा ।

No comments:

Post a Comment