कोही मन परेपछि

चाहिएन ओठ गुलाबी
चाहिएन आँखा शराबी
पर्दैन झुक्न नजर
पर्दैन कामुक अधर
परेन हुन सेतो बदन
परेन कम्मर छिन्न झन्
न लहराउँदो कपाल
न मयुरी चाल ।
कसैमा मन गढेपछि
कोही मन परेपछि,
नचाहिने रैछ केही
कविले वर्णन गरेजस्तै
कालिगढले बुट्टा भरेजस्तै
नचाहिने रैछ केही,
कसैमा मन गढेपछि
कोही मन परेपछि ।।

ढंग

उनलाई हेरी म दंग
मलाई हेरी उनी दंग ।
रंगीदै रंगाउँदै
सप्तरंगी बन्यो ,
मनभित्रै मायाको रंग ।
दुइ कप कफी
बानेश्वरको क्याफे,
बिल हेरी क्यासियर दंग ।
नछोएर के भो र
मनमा त्यसै भाइब्रेसन हुन्थ्यो
हुँदा उनी संग ।
कल्पनाको हृयांगओभर
हेर्दा अंग अंग,
धत् , नराम्रो बानी...
भन्दा पो हुन्थे झसंग ।
कस्तो मिठो
गाली पनि मोरीको ।
अन्तरालमा भेटेँ धेरै.....
रिन्यू भएन क्यारे केही,
मोबाइलको रिंगटोन
..चलो इकबार फिरसे...
अजनवी बनजाए हमदोनो,
महेन्द्र कपुरले यत्ति भने।
भनेनन् कसैले,
सोधिएन कसैसंग
माया गर्न पनि
चाहिने रैछ ढंग ।।