चर्चा एउटा साथीको

चर्चा साउन झरीको
चर्चा टिलपिल गर्ने
आँशु आखाँभरिको
बादल ओढी मुस्काउँछ
धुम्म कालो निलो,
देख्दैन रे चाँदिको घेरा
सेतो सफा सुकिलो ।
चर्चा प्रेमलापमा
गुञ्जेका मिठा गीतको
चर्चा अन्धबिश्वास,
समाज र यसका रीतको ।
नमिले पनि हुने मनहरु
नभए हुने बिश्वास र भर
मिल्नै पर्ने कुल घरान
मिल्नै पर्ने जात र थर ।
चर्चा एउटा साथीको
चर्चा उसको विवाह
विवशता,बाध्यता माथिको ।

No comments:

Post a Comment