ग्रहण

एउटा ग्रहण,
टाइममा लाग्यो
अर्को ग्रहण,
बे टाइममा लाग्यो
ग्रह हरु आमने सामने हुँदा
सीधा रेखामा पर्दा
बस्छ रे
कालो धब्बा !
दुई मनको सीधा रेखा
कहिल्यै सोझिएन ,
मिलाऊं न अझै भनेर
कहिल्यै  सोधिएन,
त्यसैले  त कहिले काहीं ,
बे टाइम मै
लाग्दो रहेछ  ग्रहण ,
आकाशको ग्रहण के  ग्रहण
मनको ग्रहण पो ग्रहण ;
उज्यालीन नसक्ने ,
सधै अँधेरो ,
बे टाइमको !

छैन र कोही

बोलेर मिठो
घोलेर माया
देखेर रुप
छोपेर छाया
देख्दैमा दंग
हिंड्ने त्यो ढङ्ग
देखेको सपना
नहोस है भङ्ग
मज्जाले हाँस्ने
खुलेर बाँच्ने
अलिकति मनमा
सम्झना साँच्ने
सोचिरहन्छु....
छैन र कोही ?!
देउन आभास
यो मनलाई छोइ !