कती भनौँ

यो जेठको धूपमा
शितल बादलको रुपमा,
कल कल मुलको पानी
पिउँदै जानी नजानी
रसाउँदै यो आँत
प्रीय.....
खोलन दिलको बात !
तारा आकाशका
एक्लै कती गनौँ,
आउन सङ्गै
म मात्र कती भनौँ !

यतै कतै छ्यौ र ?

कहिले काहीं
साँझ परेपछी,
भनी दिन मन लाग्छ
"गुड मर्निङ"
म यहिँबाट सुरु हुन्छु !
खै...
कती बेला पछीको समय
रात हो !
चुक घोप्टिएको आकाश
मनको ट्युब लाइट
झिलिक झिलिक...
जलेको छ,
तैपनी उज्यालो लाग्छ
किन...
तिमी यतै कतै छ्यौ र ?