तिम्रो न्यानोपन

अनी मेरो रात
त्यसै मातिन्छ,
तिमी त्यहाँ
म यहाँ
तैपनी
एउटै ओढ्नेको दुई कुना
तानातान गरेर ओढे जस्तो,
शितल बादल
चन्द्रमाको उज्यालोले मातेर
हामीनेर ओर्लिन्छ
किन छेक्ने होला
मेरो प्रेयसीको मुहार
मलाई पढिराख्न मन लाग्छ
त्यो आँखाको बोलाई
मुहारको बान्की
ओठका सुन्दर चाल्
रेशमी नभएर होइन
तैपनी मेरो रिस
कपालमाथि छ
मलाई निस्फिक्र चुम्न नदिने,
दुई गालामा थिग्रिएको
लाजका सुन्दर रङ
म भईदिन्छु
भर्खर ब्युँझेको बालक  जस्तै
कल्पनाको कुरा न हो
कोशौको दुरीसँग
मेरो के साईनो
तिम्रो न्यानोपन
मेरो कोठाभरी
कण कण मा भेट्छु !

1 comment: