खेलौँ !

सानु ...आउ, 
बजेट-बजेट खेलौँ 
सरकार-सरकार खेलौँ 
बार्ता-बार्ता खेलौँ ;
बानेश्वोरको ठुलो घरभित्र 
ठुलाहरु खेल्छन ,
हामी बाहिरै खेलौँ
खेलाची नै त हो सबै
आउ, संबिधान संबिधान खेलौँ !


यत्रा मिडिया छन, 
हाम्रो रमाइलो नि पक्कै देखाउँछन  
आउ, संबिधान संबिधान खेलौँ !

बैँस

एकाबिहानै, चिसो 
हुस्सुको बैंस देखेर 
घाम लजाउँदै ...
किन माथि लुकेको 
तल ओर्लिएर हेरे पो ; 
एकैछिनमा बिलाउनु छ आखिर 
बैँस कसैको 
अजम्बरी हुन्छ र !    

जुट्पत्ति

यो मनको जुट्पत्तिमा
जोकर लगाउन मन छैन
बाजी नभए नहोस् 
जित- हारको के कुरा
मायाको खालमा 
जे पनि हुन्छ !