के पलाउला

तिमीलाई जुन मन पर्‍यो ?
प्रीय त्यसलाई उज्यालो अर्कैले दिन्छ,
घाम नभए 
जुन कहाँ देखिएला !
मस्त फक्रेको फुल ;
मख्ख नपर,
फोहोर माटोमा गाडीएको
कुरुप जराले
मलजल नदीए ,
कसरी फक्रिएला त्यो,
फेदै नभए टुप्पोमा के पलाउला !