हामी

 
हामी,
चन्द्रमामा पुग्यौ
नौवटा ग्रह चक्कर मार्यौ
‘एलियन’संग सम्पर्क गर्यौ
सात समुन्द्र छिनमै तर्यौ !
तर, धेरै भयो
बन्धु रिसाएका,
आफ्नासंग सम्बन्ध बिग्रिएको,
मन चिसिएको,
कुरा नमिलेको, 
ऐजन ऐजन ….  
जान सकिएन एकपटक
बाटो काटेर छिमेकमा,
मिलाउन सकिएन हातहरु,
छोड्न सकिएन अडान !
अह …  सकिएन ;
नजिकका संग मिलेर बस्न
सदभाव फैलाउन वरिपरी !
बरु हेर्छौ टाढा टाढा …
चन्द्रमा, मंगल , बृहस्पति ! 
किनकि हामी
बिकसित पनि
विकृत पनि,
शान्त पनि
अशान्त पनि !

1 comment:

  1. थाहै नपाई कोखामा हान्ने लेखाइ छ । सरल तर गहन भाव बोकेको यस्तै कविता पढ्न पाइरहूँ ।

    ReplyDelete