मेरो जन्मदिनको उपहार

        बुबा भन्नुहुन्छ, उँहाहरुको पुस्ता र हामीबीच ठुलो अन्तर छ | कति धेरै फरक छ सोच्ने तरिका, काम गर्ने शैली अनि लवाईखवाई | उहाँ सोच्नु हुन्छअहिलेकालाई अरुको परवाह छैन,  आफ्नो सुरमा मस्त छन्खालि साथीहरुसंग रमाउँछन, एकदम आफु-बादी छन् | न भावनात्मक मूल्य छ , न सम्बेदना पलाउँछ छिट्टै | केहि नयाँ नयाँ भन्दा भन्दै सबै कुरामा नयाँपन खोज्दै हिंड्छ यो पुस्ता काम केहि नयाँ , बोलाई , हिडाई अनि सम्बन्धमा पनि केहि 'नयाँपन' | हुन त समय कुनै बेला एकै ठाउँ अडिन्छ र ! यो बहावमा कति राम्रा कुराहरु बिकसित हुन्छन, कति बिकृति पनि | कति सुन्दर पक्ष्य देखिन्छन ,कति कुरूप अनुहार |
                   म अनि मेरा साथीहरु बीच उतिसारो अन्तर छैन,  काम गर्ने शैली,  सुत्ने उठ्ने रुटिनसुन्ने संगीत, लवाईको पारा, सोचाईको अन्तर,  आफ्नो क्यारिअर-मोह,  प्रेम-प्रसंग,  इत्यादी | कसैको बिगतसंग मतलब हुन्न, नामको पछाडी झुन्डिने थर संग चासो छैन , न जात न बर्ण | अझ रमाइलो कुरा त,  म आबद्ध TFC Nepal संस्थामा त साथीहरु twitter मा राखिने नामबाट मात्रै  चिनिन्छन, वास्तविक नाम पनि धेरैको थाहा छैन |
              कमाई धेरै थोरै होला, हैसियतमा अन्तर होला | तर कसलाई थाहा पाउनु छ सब ?| चियापसलबाट सुरु भएको सहयोग अभियानका यी तन्नेरी जमात, त्यस्ता बाल बच्चा खोज्दै छन, जसलाई बाबुआमाले सडकमा फालेका छन, पढ्नको मेसो छैन, खान-बस्नमा दाताहरुको भर छ | ती बृद्धा खोज्दै छन जसलाई आश्रममा धपाईएका छन, जो असक्त छन, निधारका सात पत्रे खुम्च्याईमा असाहयताको 'ट्याग' छ | तर, जिन्दगी बनाईदिने ठेक्का होइन, न त बाँचुन्जेल पालनपोषण गर्ने जिम्मा | एक-एक जनाको हैसियतले भ्याउने गरी जम्मा गरेको पैसा, खाने कुरा , लत्ता कपडा, आदिले उनिहरुको सानो गर्जो टार्न पुगोस, अलिकता खुशी थपोस, दुनियाँमा एक्लो महसुस नहोस् अनी केही सकरात्मक भावना बिकसित होस् | यस्ता अभियानहरुमा अरु धेरै मिसिउन, आ-आफ्ना मुठ्ठी थपुन, जसले कालान्तरमा ठुलो सहायता प्रदान गारोस | चाहे सुरुवात किन एउटा खेस्रा कापिबाट नहोस् | बिना लोभ-लालच अनी बोझ, सहयोग गर्न तम्सिने यो जमातलाई डोर्याउने एउटै धागो छ - आत्मसन्तुष्टी | दु:ख सुखको श्रिङ्रगार प्रत्यकका अनुहारमा लेपिएका होलान, संघर्षको निल-डाम सबैका ज्यानभरी होलान | तैपनी अर्को लड्दा उठाउनु र अरुको आँशुमा एकैछिन भएपनी साथ दिनु, कुनै सन्तुष्टीसँग दाँज्न सकिन्न | मिले सम्म आठै प्रहर कम्प्युटर भित्रै पस्न खोज्ने यो पुस्तालाई कुनै नेता अघी लगाउनु पर्दैन - संबिधान बनाउ भन्न, भ्रस्टचार नगर भन्न, देश सुधार्ने बाटो खोज्न |    
        
                         प्रसँग मेरो जन्मदिनको उपहारको | जन्मदिन नजिकिदै जाँदा email का inbox तथा facebook को भित्ता भरी 'ह्याप्पी बर्थडे' का शुभकामना ओईरिन्छन | अनी जन्मदिनमा साथीहरु मिलेर घुमघाम वा रेस्टुरेन्टमा बसेर खाई-पीई गर्नु, प्राय चलिरहने परम्परा हो | भोली-पर्सीपल्ट टेबलमा केही उपहार र कार्डहरु थुप्रीएका हुन्थे | तर गएको मेरो जन्मदिन मेरा लागि बिशेष बन्यो | त्यस दिन कुनै भेटघाट र celebration हुनु अघीनै एकजना साथीले मलाई उपहारका लागि बोलाईन, शुभकामना सहित | बनेश्वोर चोकमा कुनै 'राम्रो' ठाँउमा खान छिरौला भनेर सोच्दा सोच्दै उनले मलाई अली 'ठुलै ठाँउमा' जाँउ भनिन | दुई पाङग्रेमा खुरुरु हामी सोल्टीमोडतिर हानिँयौ | कुनै बिशेष होटेलको अन्दाज गरिरहेको म अचम्ममा परेँ, जब हामी थियौँ  एउटा अनाथ आश्रम अगाडि | मुख्य सडकबाट केही भित्र साँघुरो गल्ली हुँदै कुनामा कोप्चिएको त्यस अनाथ गृहमा प्रबेश गरिसके पछी मलाई, त्यसको बिशालता र त्यसले फैलाएको आश्रयको उज्यालो बोध भयो | केही ३० /३५ बृद्धबृद्धा र ५० भन्दा बढी अनाथ बालबलिकासगैं खाना बनाउने, बाँड्‍ने र रमाइलो गरी संगै बसेर खानु कम्ता आनन्ददायक थिएन । दिनभरी उनिहरुसंगै दुखसुख बाँड्‍दा, पिर र ब्यथाको कथाहरु सुन्दा, त्यसविच पनि ति अबोध र स्वच्छ हाँसो देख्दा, क्यारियरको टेन्सनले आफूमा कहिलेकाहिं हुने 'फ्रस्टेसन' पनि उत्रियो ।
              हुन त एक माघले जाडो जाँदैन । हाम्रो एक दिनको सहयोगले अचम्मै ठूलो गुन लाग्ने पनि होइन । तर प्रत्यकले जो ,'केही गर्न सक्ने' क्षमता राख्छ , जो युवा केही बाँड्न चाहन्छ;  उसले यस्ता सकरात्मक कदम पछ्याउने हो भने, धेरै असाह्य बृद्धबृद्धाको जीवन कष्टप्रद हुने थिएन होला । धेरै अनाथ बालबालिकाहरुले दुई छाक खाएर स्कूल जानबाट बन्चित  हुने थिएनन् होला । त्यतिनै खेर मलाई अस्ति भर्खर एक महँगो रेष्टुरेण्टमा एक प्लेट मम र चिया खाएको रु २५०(१०% कर बाहेक) तिरेको याद आयो । त्यति पैसाले त सरकारी स्कूल जाने एउटा विद्यार्थीलाई एक महिनाको कापीकलम पुग्ने पो रहेछ । एउटा जन्मदिनमा साथी-भाइ बटुलेर साधारण रेष्टुरेन्टमा खर्च गर्ने पैसाले त, ती आश्रममा भएका १२ विद्यार्थीको स्कूल खर्च टर्ने रहेछ ।

             दिनभरि त्यही अनाथाश्रममा बसेर मैले महसुस गरेको आनन्द यसअघि कहिल्यै अनुभव भएको थिएन । छुट्टीने बेलामा उनीहरु सबैको मुहारमा फुटेको मुस्कान मेरा लागि संधैभरी सम्झिन लायक रहनेछ । निस्कदैं गर्दा मेरी साथीले मलाई बाचा गराइन्,  प्रत्यक जन्म दिनमा यसैगरी आश्रममा पुगेर सेवा गर्नु । मैले पनि प्रण गरे । त्यस अध्याँरो गल्लीबाट बाहिर निस्कदैं गर्दा मेरो उज्यालो अनुहारले उनलाई मुरी मुरी धन्यवाद दिदैं थियो ; अनि तौलिनै नमिल्ने उनीप्रतिको सम्मानभाव । मेरो जन्मदिनको त्यस उपहार मेरा लागि अत्यन्तै प्रिय रहेने छ । र यसैगरी मैले मेरा मिल्ने अरु धेरै साथीलाई त्यस्ता ठाँउमा लगेर सहयोग जुटाउन सके, यस सुरुवातले अझ सार्थकता पाउनेथियो।

5 comments:

  1. BHOOWAN जी मेरो तर्फ बाट ढिलै भए पनि यहाँ लाइ जन्म दिनको हार्दिक मंगलमय शुभकामना है !
    पहिलो पटक यहाको ब्लगमा पाइला राख्दै छु ......निकै राम्रो शब्दहरुको बुनाइहरुले सजिएको ब्लग रहेछ ! खुसी लाग्यो !

    ReplyDelete
  2. एक माघले जाडो जाँदैन, तर त्यो माघको जाडो त टर्छ नै । पक्कै पनि यस्ता एक हात, एक मन थपिँदै त यो समाजको घाउ सन्चो हुने हो नि । भड्किलो जीवनशैलीको केही हिस्सा कटौती गरेर दीनदु:खीको सेवामा खर्चिने संस्कार युवा उमेरदेखि भए हाम्रो वृद्धावस्तासम्ममा कति मन खुसाउँथ्यो होला । सोचनीय बनाउने पोस्ट मार्मिक लाग्यो ।

    ReplyDelete
  3. धन्यवाद ! साथीभाईका यी सुन्दर शब्द , मेरा लागि प्रेरणा हुने छन |

    ReplyDelete
  4. i really liked your article. First of all, i liked how you proved that the young generation is not as indifferent as everyone believes, but is actually quite caring. Next, I liked that yo were being realistic, you know that one visit does not accomplish everything. But it is a great first step! Very inspiring, keep up your social work!

    ReplyDelete