भेटघाट

गिलासको फेदमा,
थिग्रिएको चियापत्ती,
नघोलिएको अलिकति चिनी |
दिनभरी यसै चलाएर 
साँझमा सुरुप्प पारौंझैँ |
तिम्रा मेरा भेटघाट |

सत्यता


"तिमि,
अत्यन्त सुन्दर छौ प्रिय" |

मैले सानैमा पढेको 
सुन्दर झुटले 
पाप लाग्दैन |
कति देउता त 
आँफै भुक्तभोगी छन् !