म अर्किड फुलाउँदै छु

रुखहरु अस्थिपन्जर छन्
प्रकृतिको रंग 
श्याम/स्वेत छ, 
मौषम यति चिसो छ कि 
मेरा ओठका उष्ण बाफ 
तिम्रो ओठसम्म पुग्छ पुग्दैन |

पटक पटक 
रोप्दै-उखेल्दै 
रोप्दै-उखेल्दै गरें फुलहरु,
मैले हैन, मौषमले यस्तो गरायो 
अब फुलाउँदै छु 
एउटा अर्किड 
ठुलो झ्यालमुनि 
मेरो संसार देख्ने शिशा छेउ
म बगैंचा यसैलाई मानौंला 
छेउमै संगै रोपेर मन,
एक दिन पानी तिमी हाल्नु 
एक दिन पानी म हालौंला | 

2 comments:

  1. Amazing little poen Bhuwan ji. Its always a pleasure to read from you.

    ReplyDelete